बारामा सशस्त्र प्रहरीद्वारा १२ लाख १० हजारको अवैध सामान बरामद

साझेदारी डेलि
226 पाठक संख्या

बारा । बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाबाट खटिएको गस्ती टोलीले शुक्रबार भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको औषधि, चिनी र झुमर बरामद गरेको हो।

साथै सामान ढुवानीमा प्रयोग गरिएका दुईवटा मोटरसाइकलसमेत बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार बरामद गरिएका सामान तथा मोटरसाइकलको अन्दाजी मूल्य १२ लाख १० हजार रुपैयाँ बराबर रहेको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।

Leave a review