बाराकी शोभा राउत बनिन नेफ्स्कुनको संचालक सदस्य बर्तमान अध्यक्षलाई हराउदै अध्यक्षमा चन्द्र ढकाल निर्वाचित

साझेदारी दैनिक
332 पाठक संख्या

बाराकी शोभा राउत नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) मा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन ।

(नेफ्स्कुन) को नेतृत्व गर्न बाराबाट पहिलो महिला बनेकी छिन् । काठमण्डौमा सम्पन्न नेफ्स्कुनको ३२ औ साधारणसभाको निर्वाचनबाट मधेश प्रदेश भूगोल अन्तरगत संचालक निर्वाचित भएकी हुन् ।

निर्वाचित राउत निजगढ महिला बचत तथा ऋण सहकारी संस्था निजगढकी अध्यक्ष हुन् । आईतबार सम्पन्न मत परिणाम

१७ वर्षदेखि सहकारी अभियानमा सक्रिय रहेकी शोभा २०६३ मा स्थापना भएको निजगढ महिला साकोसकी संस्थापक कोषाध्यक्ष हुन् भने बारा बचत तथा ऋण सहकारी संघ कोषाध्यक्ष समेत हुन् ।

यसैगरी साधारणसभाको निर्वाचनबाट चन्द्र प्रसाद ढकाललाई अध्यक्षमा निर्वाचित भएका छन । यसैगरी वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी,महिला उपाध्यक्षमा शान्ति अधिकारी,महासचिवमा घनश्याम अधिकारी निर्वाचित भएका छन ।

यता कोषाध्यक्षमा दीपक थापा,महिला सन्चालकः सिता ढकाल पौडेल,मन्दरा मिश्र,कमला देबी गिरी,कोशी प्रदेश संचालक–लक्ष्मी सापकोटा,मधेस प्रदेश संचालक– बाराकी शोभा कुमारी राउत,बागमती प्रदेश संचालक– खेम राज सुबेदी,गण्डकी प्रदेश संचालक– गोपाल प्रसाद गौतम,लुम्बिनी प्रदेश संचालक– ज्ञानु पौड्याल,कर्णाली प्रदेश संचालक–बीर बहादुर भोटेनिर्वाचित भएका छन ।

यसैगरी सुदुर पश्चिम प्रदेश संचालक–दिप्ती शही,संचालक खुल्ला– नबराज अर्याल,देव कुमार श्रेष्ठ,सुशील कुमार बस्न्यात,शालिक राम ढकाल,लेखा समिति सम्योजक– इन्द्र राज ज्योति पौडेल,लेखा समिति सदस्य – हेम राज बिष्ट लेखा समिति सदस्य–दुर्गा तिवारी सन्जेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Leave a review

This will close in 0 seconds