सोलिडारिटी इन्टरनेसनल एकेडेमी र सिमरा पब्लिक बिजयी

साझेदारी दैनिक
307 पाठक संख्या

नवराज चौलागाईं/

बाराको परवानिपुरस्थित दिल्ली पब्लिक स्कुलमा जारी नवौ संस्करणको सिजि कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई वटा खेल सम्पन्न भएको छ ।

सोलिडारिटी इन्टरनेसनल एकेडेमी मकवानपुर र सिमरा पब्लिक इङ्लिस स्कुल बारा ति खेलमा बिजय श्री प्राप्त गरेकाछन् । दुईवटै खेलको नतिजा टाइब्रेकरमा निर्भर रह्यो ।

पहिलो खेलमा सोलिडारिटिले न्यु एकता स्कुल जितपुरसिमरा बारालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको छ । खेलको २१ औं मिनेटमा सोलिडारिटिका कोशिस मगरले गोल गरे ।

न्यु एकताले ३७ औं मिनेटमा बराबरी गोल फर्कायो । बाकी अवधिमा थप गोल हुन नसकेपछी सोलिडारिटिले न्यु एकतालाई टाइब्रेकर मार्फत पराजित गरेकोहो ।

खेलको प्लेयर अफ द म्याच सोलिडारिटी इन्टरनेसनल एकेडेमीका कमल केसी घोषित भए । दोस्रो खेलमा सनराइज इङ्लिस स्कुल चितवनलाई सिमरा पब्लिक इङ्लिस स्कुल बाराले टाइब्रेकर मार्फत ४–३ गोल अन्तरले पराजित गरेको छ ।

खेलको २७ औं मिनेटमा सिमरा पब्लिकका प्रीयान्स दास थारुले गोल गरे । सनराइजिङले ४७ औं मिनेटमा बराबरी गोल फर्काएपछी खेलको निर्धारित समय अवधिभर थप गोल हुन सकेन र सिमरा पब्लिकले टाइब्रेकर मार्फत जित हात पार्यो ।

प्रतियोगिता अन्तर्गत मंगलबार बाराको जितपुर सिमराका दुईवटा बिद्यालयहरु लोटस एकेडेमी र ब्राइटर एकेडेमी बिच प्रतिस्पर्धा हुनेछ । चौधरी समूहको सिजि एजुकेसनको व्यवस्थापनमा संचालित प्रतियोगिता पौष १३ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा पर्साका ९,बाराका ५,मकवानपुर र चितवनका १÷१ गरि १६ वटा बिद्यालयको सहभागिता रहेकोछ ।

Leave a review

This will close in 0 seconds