पाँच फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
971 पाठक संख्या

बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।

बाराको कलैया उप–महानगरपालिका वडा नं.२ मा बस्ने वर्ष ४० मुनेश गिरी भन्ने उनिश गोसाईलाई कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका छन् ।

लागु औषध मुद्दामा अदालतबाट ३ हजार जरिवाना पाएका महागढिमाई नगरपालिका वडा नं.२ मा बस्ने वर्ष ३५ राजेश सहनीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

चेक अनादर मुद्दामा अदालतबाट २ हजार जरिवाना पाएका करैयामाई गाँउपालिका वडा नं. ४ ठुलो लौतनमा बस्ने अन्दाजी ३८ वर्षीय राजेश प्रसाद साह तेली पक्राउ परेका हुन् ।

नागरिकता सम्बन्धी मुद्दामा अदालतबाट ५ हजार जरिवाना पाएका फेटा गाँउपालिका वडा नं. १ मा बस्ने अन्दाजी ४० वर्षीय ध्रुव महतो कोईरी पक्राउ परेका छन् ।

कुटपिट मुद्दामा अदालतबाट छ सय जरिवाना पाएका फेटा गाँउपालिका वडा नं.३ पुरैनियामा बस्ने अन्दाजी ४० वर्षीय हैदर अलि मियाँ ठकुराई पक्राउ परेका हुन् ।

Leave a review