बारा प्रहरीले एक लाख ४९ हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरीे सामान बरामद गरेको जानकारी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका र प्रहरी ईकाइ कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अबैध सामानहरू बरामद गरेको हो ।
प्रहरी चौकी पथलैयाले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा ग.१ ख ६७२३ र प्र.१–०१–००१ ख ३७२३ नं. को यात्रुबाहक बस जाँच गर्दा विल नभएको ६० बोरा १२ सय किलो प्याज बरामद गरेको हो ।
बरामद प्याजको बजार मूल्य रू.४८ हजार बराबरको सामान नियन्त्रणमा लिइएको छ ।
त्यस्तै प्रहरी चौकी श्रीनगर बैरियाले सिम्रौनगढ नगरपालिका वडा नं.२ चकरीबाट गस्ती टोलीले भन्सार छलीका रूबी ललिपप,गुलाब जामुन,मयाङो जेली,चकलेट र कुरकुरे गरी २६ हजार चार सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
बि.आर ०५ ए.एस ४५४४,बि.आर ०५ ई३६६९ र डि.यल ९५ ए.डि १२०४ नम्बरको मोटरसाइकलमा लोड गरी ल्याउदै गरेको छ सय किलो प्याज बरामद भएको छ । बरामद प्याजको मूल्य ३० हजार रुपैयाँ बराबरको रहेको छ ।
अस्थाई प्रहरी पोष्ट सिंगोलले निजगढ नगरपालिका वडा नं.१ पिपलटारमा ४५ हजार बराबरको सालको तीन वटा गुलिया काठ बरामद गरेको छ ।
यात्रुबाहक बसलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको न्यौपानेले बताए ।

