आलु र प्याज लोड रहेको मिनी ट्रक प्रहरी नियन्त्रणमा

राम मण्डल
329 पाठक संख्या

बिल बिजक भन्दा बढी आलु र प्याज लोड रहेको मिनी ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिल विजक भन्दा बढी आलु र प्याज बोकेको माल बाहक मिनी ट्रक वीरगञ्जबाट मकवानपुरतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा उसले नियन्त्रणमा लिएको हो ।

पर्सा वीरगञ्ज महानगरपालिका–९ मिना बजार स्थित सडकखण्डमा प्रहरीले बा.प्र.०३–००१ ख ०३३२ नम्बरको मालवाहक मिनीट्रकलाई रोकी जाँच गरेको हो ।

सो मा बिल बिजक भन्दा बढी आलु प्याज लोड रहेको पाइएको थियो ।एक लाख २४ हजार ५६० मुल्य बराबरको आलु प्याज रहेको पाइएको हो ।

आलु प्याज सहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review

This will close in 0 seconds