बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको सरुवा

साझेदारी दैनिक
831 पाठक संख्या

कलैया । सरकारले बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा गरेको छ ।

उनको अवधि नपुग्दै सरुवा गरिएको छ । कात्तिक १८ गते बारामा हाजिर भएका सहसचिव मिश्रको आज पुस ४ गते सरुवा भएको हो । उनी बारामा एक महिना १६ दिन मात्र कार्यभार सम्हालेका छन ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रको मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सचिवको रुपमा सरुवा गरेको हो ।

Leave a review

This will close in 0 seconds