पर्साको ठोरीमा जंगली जनावरको आतंक जारी

राम मण्डल
316 पाठक संख्या

पर्साको ठोरी गाउँपालिकामा जंगली जनावरको आतंक जारी छ ।

पर्सा राष्ट्रिय निकुञ्ज र जँगलबाट निस्कने बाघ,चितुवा,हात्तीले किसानहरुको बाली र पशु चौपायाको क्षति गरिरहेको छ ।ठोरी गाउँपालिका ४ बस्ने सुन बहादुर तामाङको खोरमा चितुवाले बोका मारेर सोमबार खाई दिएको छ ।

चितुवाले बोकाको माउलाई घाईते बनाएको कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनले साझेदारी दैनिकलाई जानकारी दिए ।अहिलेको समयमा बाघ वा चितुवा जातको वन्यजन्तु  खोरमा नै आई र क्षति पुर्‍याउने क्रम बढेको छ ।

कृषकहरु सचेत भई पशु चौपायालाई सुरक्षित साथ राख्न पाखरिनले अनुरोध गरेका छन ।

Leave a review

This will close in 0 seconds