बारामा ९ लाख ५० हजार बराबरको अबैध समान बरामद

संदिप प्रसाद यादव
371 पाठक संख्या

बारा प्रहरीले ९ लाख ५० हजार बराबरको अबैध समान बरामद गरेको छ ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी सोमबार जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा गाडिहरूलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त समान सहित पिकअपलाई नियन्त्रणमा लिइएको हो ।

सो पिकअपमा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य ९ लाख ५० हजार ४९ रूपैया बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ ।

वीरगंजबाट हेटौडा तर्फ जादै गरेको बा. ०३-००१ च १५६५ नं. को चुकुन्दर लोड पिकअप र बा ०१-०२७ च ८५०३ नं.को कागति लोड पिकअप गरी अन्दाजी मुल्य रू. ९ लाख २८ हजार ४९ रुपैयाँ बराबरको विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

त्यस्तै सर्लाहीबाट हेटौडा तर्फ जादै गरेको बा. ०३-००१ च १०८६ नं.को टमाटर लोड पिकअप- अन्दाजी मुल्य रू.२२ हजार विल भरपाई नभएकोले उक्त पिकअपलाई नियन्त्रणमा लिइएको हो ।

समान सहित पिकअप नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको प्रवक्ता न्यौपानेले बताए ।

Leave a review

This will close in 0 seconds