फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
420 पाठक संख्या

बारा प्रहरीले फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नं. १ मोतिबाग बस्ने अन्दाजी ६१ वर्षीय भुटा साह सोनार भन्ने रामचन्द्र साह सोनारलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले डाका मुद्दामा अदालतबाट १३ हजार ५ सय रुपैया जरिवाना पाएका सोनारलाई अदालतमा दाखिला गरेको जनाएका छन ।

Leave a review

This will close in 0 seconds