मृत अवस्थामा भेटियो पाटे बाघ

राम मण्डल
320 पाठक संख्या

मृत अवस्थामा एउटा पाटे बाघ पर्साको सखुवा प्रसौनी गाउँपालिकामा शनिबार बिहान भेटिएको छ ।

गाउँपालिकाको वडा नम्बर २ रामभौरी टोलदेखि पूर्व तर्फ खेतमा मृत अवस्थामा रहेको एउटा पाटे बाघ भेटिएको हो ।

वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुका अनुसार विहान गाउँलेले खेतमा बाघ मृत अवस्थामा देखेका हुन् । यसपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा  प्रहरी र बन कार्यालयको टोली पुगेको छ ।

यसैबीच बाघको आक्रमणबाट शनिबार बिहान एक जना वृद्ध गम्भीर घाइते भएका छन ।  बिहान पौने दस बजेको समयमा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ बँकुल टोल निवासी ६५ बर्षिय रामेश्वर राउत उराँव घाइते भएका हुन् ।

बाघको आक्रमणबाट घाईते भएका हुन् ।आफ्नो खेतबारीको गहुँ खेत हेर्ने जानेक्रममा अचानक जंगली बाघले आक्रमण गर्दा उनी घाईते भएको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले साझेदारी दैनिकलाई बताईन् ।

उरावको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएको महतोले बताईन ।

यसअघि बितेको बिहीबार  पटेर्वा सुगौली गाउँपालिका–२ लक्ष्मीपुरमा रङ्गपुर बजार जान लागेका सोही स्थानका २३ वर्षका सरोजप्रसाद अधिकारीलाई बाघले आक्रमण गरेको थियो । अधिकारीलाई बाघले घाईते बनाएको थियो ।

एउटा चौपाया समेत बाघले मारेको थियो । पटेर्वा सुगौलीकै वडा नम्बर २ थरकटि गाउँ निवासी ३२ वर्षका मनोज महतो उराँव समेतलाई गत पुष ८ गते साँझ गाउँ नजिकै बाघले आक्रमण गर्दा उनको ज्यान गयो । उनलाई रातको समयमा शौच गर्न गएको समयमा बाघले झम्टिएको थियो ।

Leave a review

This will close in 0 seconds