अब बाराको कलैयाबाट पाईने भो ड्राईभिङ लाईसेन्स,मुख्यमन्त्री यादवले गरे वर्षा ड्राईभिङ सेन्टरको उद्घाटन

संदिप प्रसाद यादव
857 पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका–३ गंगापुर स्थित यातायात ब्यवस्था कार्यालयको साईड्मा वर्षा ड्राईभिङ एण्ड ट्रेनिङ सेन्टर संचालनमा आउने भएको छ ।

शनिवार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले सेन्टरको उद्घाटन गरेसंगै वर्षा ड्राईभिङ एण्ड ट्रेनिङ सेन्टर संचालन हुने भएको छ ।

कलैयामा यातायात व्यवस्था कार्यालयको संचालन र ड्राईभिङ एण्ड ट्रेनिङ सेन्टरको उद्घाटनले अब कलैयामा नै ड्राईभिङ लाईसेन्स पाईने भएको छ ।

वर्षा ड्राईभिङ एण्ड ट्रेनिङ सेन्टरका रामकुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव रहनु भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री यादवले पहिला प्रत्येक अञ्चलमा एउटा यातायात कार्यालय रहेको जस्तै नारायणीको बीरगंज र जनकपुरको जनकपुरमा रहेको बताए ।

संघीयता आएपछि २ ठाउँबाट थप ३ ठाउँमा अरु स्थापना भएको बताए । मेरो नेतृत्वमा ३ ठाउँमा थप बाराको कलैया,रौतहटको गौर र सर्लाहीको मलंगवा ड्राईभिङ लाइसेन्स, नयाँ गाडीको दर्ता,नवीकरण समेतको व्यवस्था गरेको उनले बताए ।

मधेस प्रदेशको ८ वटै जिल्लामा प्रत्येक जिल्लामा नयाँ गाडी खरिद गर्दा गाडी दर्ता,नवीकरण,ड्राईभिङ लाइसेन्स यहि साल देखि सुरु भएको उनले बताए । त्यसमा पनि ठूलो सिन्डिकेट ड्राइभिङ लाइसेन्समा रहेको थियो ।

ट्राईल सेन्टरमा आफ्नै गाडीबाट ट्राईल दिन नपाउने त्यहीको गाडीबाट ट्राइल दिलाउने गरेको कारण अधिकांश सेवाग्राही फेल हुने गरेको थियो र त्यो सिन्डिकेटलाई हटाएको मुख्यमन्त्री यादवको भनाई छ । गाडीको ब्लु बुक जति दिन वा १०÷१५ वर्ष देखि फेल भएको ब्लु बुकको यहि चैत मसान्तसम्म नवीकरण गराएपछि एक रुपैया नलाग्ने उनले बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह र जसपा पार्टी नेपालका राजनीतिक समिति सदस्य रामकिशोर यादवले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा जसपा पार्टी नेपालका केन्द्रिय सदस्य प्रकाश चौगाई,उद्योग बाणिज्य संघ बाराका कोषाध्यक्ष सन्तोष बुढा,लोसपा पार्टीका केन्द्रिय सदस्य डाक्टर कमुरुलाह अन्सारी,जसपा पार्टी नेपाल बाराका जिल्ला सचिव मुर्तुजा अन्सारी,शेषनाथ कुशवाहा,कमलेश मण्डल,समाजवादी विद्यार्थी संघ बाराका अध्यक्ष सुजित पाण्डे,कलैया उपमहानगर–३ का वार्ड अध्यक्ष मोहन साह कानु,८ का वार्ड अध्यक्ष रन्जित चौरसिया तथा सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

उद्घाटन भएसंगै अब सदरमुकाम कलैयाबाटै बारा बासिले पहिलो पटक सवारी चालक अनुमति पत्र ट्रायल दिन सकिने सुविधा पाईने भएको छ । यसअघि उद्घाटन भएको कार्यालयले सवारी चालक अनुमतिपत्र नवीकरण,सवारी दर्ता (ब्लुबुक) नवीकरण सेवाहरू प्रदान गर्दै आएको छ ।

कलैया उपमहानगरपालिका–३ स्थित स्थापना भएको यातायात व्यवस्था कार्यालय बाराले चैतको पहिलो साता सवारी लाइसेन्सको लिखित परीक्षा सञ्चालन गर्ने पनि जनाएको छ ।

Leave a review

This will close in 0 seconds