लामो समयपछिको परेको पानीले किसानलाई राहत

साझेदारी दैनिक
249 पाठक संख्या

धेरै लामो समयपछि देशभर बर्षा भएको छ । देशका विभिन्न स्थानसंगै मधेश प्रदेशका बारा र पर्सामा पनि बुधवार बर्षा भएको छ ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले बर्षा भएको हो । बारा र पर्सामा बुधवार विहानदेखी नै बर्षा भएपछि सवैभन्दा बढि राहत किसानहरुलाई भएको छ ।

बाराको सदरमुकाम कलैया सहित जिल्लाका १६ वटै पालिकाहरुमा बर्षा भएको हो । अहिले बारा र पर्सामा मुख्य रुपमा मकैबाली र गहूँबाली तयारी हुने अवस्थामा छ । लामो समयदेखी बर्षा नहुदा बाली नाली सुक्न थालेको थियो ।

बुधवार दिनभर आएको बर्षाले किसानहरुलाई राहत मिलेको छ । मकै बालीमा हप्तै पिछे पानी लगाउदा हैरान भएका बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का किसान रुद्र बहादुर कार्कीले बताएका छन ।

कतिपय स्थानहरुमा सिचाई समस्याका कारण बाँझो नै छ ती बाँझो खेतहरुमा मकै तथा अन्य बाली लगाउत यो बर्षाले मदत गर्ने किसानहरु बताउछन ।

Leave a review

This will close in 0 seconds