भारतमा गहुँको ठुटोमा लगाइएको आगो सल्किएर सिमावर्ती पर्साको छिपहरमाई गाउँपालिका–१ भलुवहीयामा आगो लागेको छ ।
पर्साको छिपहरमाई गाउँपालिकामा शनिबार दिउँसो सो आगो फैलिएर छिपहरमाईमा १२ लाख ८४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगलागीमा परि छिपहरमाई गाउँपालिका–१ भलवहिया टोलका १५ जना स्थानीयबासीहरुलाई नोक्सान गरेको हो । उनीहरुको गहुँ खेती पराल,फुसको घर,कुखुरा फर्म लगायतमा क्षति पुगेको थियो ।
आगोले स्थानीय १५ जना किसानहरुको गहुँ खेती,कुखुरा फर्म,पराल,फुसको घर लगायत जलेर नष्ट भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।
आगोले स्थानीय किसुनदेव हजराको फुसको घर,गहुँ २० क्बिन्टल, कपडा,बर्तन गरी दुई लाख ८० हजार बरावरको क्षति भएको थियो ।
यस्तै चेतमन राउत अहिर,राजु यादब,उपेन्द्र यादव,अर्जुन यादब,ताराचन्द साह तेलि,मनिल यादव लगायत किसानहरुको गहुँ खेती जलेर खरानी भएको छ ।
दिउँसो तीन बजे लागेको आगो साँझ ६ बजे नियन्त्रणमा आएको थियो । सो आगोलाई प्रहरी,स्थानीय र वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका,बिपद ब्यवस्थापन गुल्म पर्साको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।


