राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नम्बर ४ को आयोजनामा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरमा शनिवार आँखा तथा दन्त शिविर सम्पन्न भएको छ ।
वीरगञ्ज सामुदायिक आँखा तथा दाँत अस्पतालको प्राबिधिक सहयोगमा भएको उक्त शिविरमा १६५ जनाले आँखा तथा दाँतको चेकजाँच गराएका थिए ।
चेकजाँच गराएकाहरु मध्यबाट २५ जना भन्दा बढीमा मोतियाबिन्दुका रोगी फेला परेको वीरगञ्ज सामुदायिक आँखा तथा दाँत अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले बताए । मोतियाबिन्दु भएका बिरामीहरुको निशूल्क शल्यक्रिया गरिने संयोजक धामीले बताएका छन ।
ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै रास्वपा पर्साले शिविरको आयोजना गरेको रास्वपा मधेश प्रदेशका सदस्य हरि पन्तले जानकारी दिए । शिविरमा आँखा र दन्तरोग विशेषज्ञ डा.अजय अस्थाना लगायतको टोलीले दाँत चेकजाँच गरेको थिए ।
शिविरमा रास्वपाका केन्द्रिय सदस्य डा नन्दन यादव,रास्वपा पर्साका संयोजक दिलिप कुर्मी,उपसंयोजक तुलसा अधिकारी,प्रदेश सदस्य सब्बु कंडेल लगायतको उपस्थिती रहेको थियो ।


