नब्बे लाख ३७ हजार नौ सय १५ बराबरका खाद्यान्न,कपडा तथा खुद्रा सामानहरू पर्सा प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित सडकखण्डबाट ना.६ ख ३८६१ नम्बरको ट्रकको जाँच गरेको थियो ।जाँचको क्रममा ट्रकबाट ८७ लाख ५० हजार ४१५ बराबरको खुद्रा तथा औषधीहरू लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो ।बारामद सामानलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
यस्तै वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ति चोक स्थित दुई लाख ८७ हजार पाँच सय बराबरको खाद्यान्न तथा कपडाहरू बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।


