अब सिमरामा आयुर्वेद पद्धतीबाट उपचार हुने

रञ्जन यादव
286 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरामा निःशुल्क रुपमा आयुर्वेद पद्धतीबाट उपचार गरिने नागरिक आरोग्य सेवा केन्द्र खुलेको छ ।

उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले रिबन काटेर र धनवन्तरी माताको फोटोमा माला अर्पण गरी सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

उद्घान कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले जीतपुरसिमरा अस्पतालसँगै आयुर्वेद पद्धतीबाट उपचार हुने नागरिक सेवा केन्द्र खोल्नु उपमहानबासीको लागि नै खुसीको कुरा भएको बताउँनुभयो । यसले नागरिकले आफनो ईच्छा अनुसारको सेवा लिन पाउँने जानकारीदिनुभयो ।

संघ,प्रदेश र बिभिन्न संघसंस्थाहरुले कार्यालय खोल्ने तर बढी समय निरन्तरता नदिने गरेको प्रती दुख ब्यक्त गर्नुभयो । यस्ता संस्थाहरु बढी समय नचलाएर बिचमै छोडिदिँदा स्थानीय तहलाई स्रोतसाधनको अभावमा हम्मेहम्मे पर्ने गरेको नगर प्रमुख पौडेलले बताउँनुभयो ।

आरोग्य सेवा केन्द्र सञ्चालनमा जीतपुरसिमरा उपमहानगरपालिकामा सधै साथ र सहयोग रहने प्रतिबधता ब्यक्त गर्नुभयो । सोमबारदेखि नै सिमरा कार्यालयबाट नागरिकहरुलाई उपचार दिन थालिएको छ ।

मधेश प्रदेश सरकार मातहत पर्ने उक्त कार्यालय प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैया बारा अन्तर्गत रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आरोग्य सेवा केन्द्रले सेवा दिन थालेको हो ।

बाराको कलैयामा रहेकोे आयूर्वेद अस्पतालमा जान टाढा र कठिन हुने भएकाले सिमरामा सेवा केन्द्र खोलिएको प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैया बाराका प्रमुख डा.पुनिता केशरीले जानकारी दिनुभयो । आयुर्वेद ऋषिमुनिको काल देखि चल्दै आएको एउटा सास्वत बिज्ञान भएको बताउँनुभयो ।

बिरामीहरुको रोग पहिचान गरी निशुल्क औषधी पनि यहाँबाट बितरण गरिने उहाँले बताउँनुभयो । त्यस्तै होमियो पैथिक चिकित्सक डा. मुन्ना कुमारले सेवा केन्द्रमा मानिसका रोगहरुको उपचार गर्नुको साथै स्वास्थ्य रहनसहन तथा खानपानको बिकास गर्ने बताउँनुभयो ।

सिमरामा स्थापित सेवा केन्द्रलाई सञ्चालनकोलागि दुई जना कर्मचारी खटाईएको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक बर्षमा जिल्लामा साँतवटा सेवा केन्द्र खोल्ने योजना अन्तर्गत सिमरामा नागरिक आरोग्य सेवा केन्द्र खुलेको हो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारी,वडा नं.२ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ,जीतपुरसिमरा अस्पतालका प्रमुख डा. प्रकाश साह,जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्कर,नागरिक आरोग्य सेवा केन्द्र जीतपुरका प्रमुख बिजय कुमार यादब लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन बरिष्ठ कबिराज निरिक्षक सहदेव पंडितले गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds