तीन जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
372 पाठक संख्या

बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी उनीहरुलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले वन मुद्दामा अदालतबाट एक वर्ष कैद र २१ हजार छ सय २९ रुपैयाँ जरिवाना पाएका जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्ति बस्ने अन्दाजी ६७ वर्षीय भिम बहादुर सिजाली मगरलाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले गाली गलोच मुद्दामा अदालतबाट पाँच सय रुपैयाँ जरिवाना पाएका सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वा बस्ने अन्दाजी ६३ वर्षीय विपत हजरा दुसादलाई पक्राउ गरेको हो ।

त्यसैगरी प्रहरी चौकी दक्षीण झिटकैयाबाट खटिएको प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा देवताल गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी २६ वर्षीय पवनराय यादवलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।

बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds