बारासहित देशभर विभिन्न कार्यक्रम गरी मनाईयो २५६८ औँ बुद्ध जयन्ती

साझेदारी दैनिक
373 पाठक संख्या

२५६८ औँ बुद्ध जयन्तीका अवसरमा बारासहित देशभर विहीवार विविध कार्यक्रम गरी मनाईको छ ।

शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम जन्मजयन्तीका अवसरमा बाराको विभिन्न स्थान सहित पर्साको वीरगञ्ज लगायत क्षेत्रहरुमा विविध कार्यक्रमको आयोजना गरि जयन्ती पर्व मनाईएको हो ।

बुद्ध जयन्तीकै अवसरमा खासगरी तामाँग समुदायहरुले बिहीवार बिहान झाँकीसहित शान्ति पदयात्रा निकालिएका छन । बाराको सिमरा,डुमरवाना,रामनगर,कोल्हवी,निजगढ लगायतका स्थानहरुमा पनि भेषभुषा,बाजागाजा सहित र्‍याली प्रर्दशन गरिएको छ ।

यस्तै पर्साको वीरगञ्ज स्थित माईस्थान चोकबाट सुरु भएको शान्ति पदयात्रा नगरको परिक्रमा गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा डाँडास्थित भिस्वा बिहारमा पुगेर समापन भएको थियो ।

शान्ति पद यात्रामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री प्रदेश सभा सदस्य लालबाबु राउत,मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्य,पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतको सहभागीता रहेको थियो । ।

वीरगञ्ज बौद्ध समितिको आयोजनामा पदयात्रासँगै पूजा आराधना गरिएको समितिका अध्यक्षसमेत रहेका प्राध्यापक डा.शाक्यले बताए । पदयात्रामा सहभागीहरुलाई प्रसाद वितरण पनि गरिएको थियो । आजै साँझ भिस्वा डाँडास्थित बौद्ध बिहारमा दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ ।

Leave a review

This will close in 0 seconds