ज्वालादल गण बाराद्धारा बिपदजन्य जोखिमलाई न्युनिकरण गर्न अभ्यास

रञ्जन यादव
340 पाठक संख्या

नेपाली सेना श्री ज्वालादल गणको आयोजनामा बर्षा याममा घट्ने बिपदजन्य जोखिमलाई न्युनिकरण गर्न माहागढीमाई नगरपालिका वडा नम्बर १ गढीमाई पोखरीमा अभ्यास मनसुन ४ पुर्बतयारी संयुक्त अभ्यास गरिएको छ ।

जिल्ला स्थित सुरक्षा निकाय र सरोकारवाला निकायहरुसँगको समन्वय तथा सहकार्यमा पुर्बतयारी संयुक्त अभ्यास कार्यक्रम गरिएको हो ।

मनसुन महिनामा जिल्लामा हुन सक्ने विपद्का घटनाहरुको न्यूनीकरण तथा पूर्वतयारीका लागि जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरुको संयुक्त प्रयासमा अभ्यास मनसुन आयोजना गरिएको हो ।

विपदमा नागरिकहरुलाई तत्काल उद्धार कसरी गर्ने ? विपद् न्यूनीकरणका लागि नेपाली सेना र संयुक्त रुपमा कसरी परिचालन हुन सकिन्छ ? त्यसका बारेमा कसरी सही सूचना प्राप्त गर्ने र त्यही अनुसारको तयारी गरी घटनास्थल पुग्ने ? त्यस्तो अवस्थामा कस्को भूमिका के हुने ? भन्ने विषयमा अभ्यास गरिएको थियो ।

विपद् प्रतिकार्य चक्र,जिल्ला विपद् व्यवस्थापन सेल,विपद्का प्रकारहरु,प्रतिकार्यका लागि आवश्यक सिप तथा कलाहरु,विपद् मूल्याङ्कन कार्य तालिका, विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामाग्रीहरु,सर्च एण्ड रेस्क्युको दौरान आवश्यक पर्ने डोरीको गाँठो बनाउने तरिका,इम्प्रोभाईजेशन स्ट्रेचर बनाउने तरिका,स्ट्रेचर नभएको अवस्थामा घाइते बिरामीलाई स्वास्थ्य चौकी तथा अस्पतालमा लैजाने तरिका,बाढीमा उद्धार गर्ने तरिका,पहिरोमा उद्धार गर्ने तरिका, हेलिकप्टर बोलाउने र माग गर्ने तरिका,प्राथमिक उपचार तथा विपद्को दौरानमा आवश्यक पर्ने टेलिफोन नम्बर लगायतका विषय जानकारी गराईएको थियो ।

प्राकृतिक प्रकोपको आधारमा बिश्वको हट स्पोर्ट को रुपमा रहेको नेपाल यु.एन.डि.पि.को प्रतिबेदन अनुसार बाढीको जोखिमको आधारमा ३० औँ स्थानमा रहेको छ ।

जसमध्ये तराईमा बाढी र डुबानका कारण बर्षेनी ठुलो धनजनको क्षती हुने गर्दछ । जसमा बारा जिल्ला पनि पर्दछ । जिल्लामा बिपदको ब्यवस्थापन,उद्धार कार्य तथा क्षतीको न्युनिकरणकोलागि नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल क्विक रेस्पोन्सको रुपमा परिचालित हुँदै आएको जनाईएको छ ।

अभ्यास अवलोकनका लागि माहागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र यादब,कोल्हबी नगरपालिकाको नगर प्रमुख राम प्रसाद चौधरी,बारागढी गाउँपालिका का अध्यक्ष अशोक जैसवाल,बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,नेपाली सेना श्री ज्वालादल गणका गणपती कुमार खड्का,बारा प्रहरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्का लगायतको सहभागिता रहेको थियो ।

Leave a review