चौबीस जनाले करैयामाईमा गरे रक्तदान

साझेदारी दैनिक
293 पाठक संख्या

बाराको करैयामाई गाउँपालिकामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ रक्तदान भएको हो ।

करैयामाई गाउँपालिकाको कार्यालय करैयामाईको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बौद्धिमाई उपशाखा करैयामाई ६ सहजौली बाराको आयोजनामा मधुवन बजारमा सो रक्तदान भएको हो ।

यस कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् । डा. शेख फुल महम्मदको अगुवाईमा ल्याब असिटेन्ट कृष्ण यादवको सहयोगमा सो रक्तदान भएको हो ।

Leave a review