सुन प्रतितोला रु नौ सयले बढ्यो

रासस
297 पाठक संख्या

काठमाडौँ, १ साउन । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।

सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै सोमबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४७ हजार एक सय निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।

TAGGED:
Leave a review

This will close in 0 seconds