बकैया खोलाकिनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला

साझेदारी दैनिक
258 पाठक संख्या

बारामा बकैया खोलाकिनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ।

निजगढ नगरपालिका वडा नं. ९ र कोल्हवी नगरपालिका वडा नं. २ को सीमानजिकै शब फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले शव नजिकैको बस्तीबाट बगाएर ल्याएको अनुमान गरिएको छ। तर,हालसम्म महिला हराएको सूचना भने प्रहरीले प्राप्त गरेको छैन।

पहिचान नखुलेको करिब ३५ वर्षीय महिलाको शव स्थानीयवासीले सोमबार खोलाकिनारमा देखेका थिए। पूर्व–पच्चिम लोकमार्गमा रहेको बकैया खोलाभन्दा करिब दुई किलोमिटर दक्षिणमा महिलाको शव खोलाको किनारमा भेटिएको र शरीरमा कुनै दाग वा चोट नदेखिएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए ।

शव फेला परेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए। शव पोस्टमार्टमका निम्ति कलैया प्रादेशिक अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds