नेपाल प्रहरी श्रीमती संघको स्थापना दिवसमा अमृता अनाथ आश्रममा राहत सामाग्री वितरण

संदिप प्रसाद यादव
260 पाठक संख्या

बारा प्रहरीले नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकित्सवको अवसरमा अमृता अनाथ आश्रममा राहत सामाग्री वितरण गरेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकित्सवको अवसरमा जिल्ला प्रहरी कार्यलय बाराले एक कार्यक्रमको आयोजना गरी सो सामाग्री वितरण गरेको हो । कलैया उप–महानगरपालिका वडा नम्बर ४ स्थित अमृता अनाथ आश्रममा बिहिवार एक कार्यक्रम बिच उसले राहत सामाग्री वितरण गरेको हो ।

अमृता अनाथ आश्रमका संयोजक फुलमती बसनेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले २० जना अनाथ बालबालिकाहरुलाई राहत सामाग्री वितरण गरेका हुन् ।

सो राहत सामाग्री वितरण कार्यक्रममा तीन सय किलो चामल,दाल– १००किलोग्राम चना–५० किलोग्राम,चिनी– ५० किलोग्राम, पिठो–१०० किलोग्राम, स्याउ–२० किलोग्राम, केरा–२५ दर्जन र आँप–४० किलोग्राम अमृता अनाथ आश्रमका संयोजक बस्नेतलाई हस्तान्तरण गरिएको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा प्रहरी निरीक्षक वीरेन्द्र राज गुरुङ,प्रहरी निरीक्षक रादेश कुमार खत्री,संरक्षण नेपाल गैर सरकारी संस्था बाराका अध्यक्ष बबिता जयसवाल र प्रहरी सहायक निरीक्षक रन्जन कुमार साह लगायतको उपस्थित रहेको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यलय बारा र असमान नेपाल गैर सरकारी संस्थाको सहकार्यमा आयोजना गरि जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १९ स्थित श्री सरस्वती नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईनर्वासिरामा साईबर क्राईम सम्बन्धी सचेतना मुलक कार्यक्रम भएको छ ।

असमान नेपाल गैर सरकारी संस्थाको परियोजना संयोजक प्रीती थापाको अध्यक्षतामा उक्त कार्यक्रममा भएको हो ।

प्रहरी सहायक निरीक्षक रन्जन कुमार साहले विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का छात्र/छात्रा तथा शिक्षकवर्गहरूलाई घरेलु हिंसा,महिला हिंसा,लैङगिक हिंसा तथा बिधुतीय अपराध सम्बन्धी कानुनी व्यवस्था लगायतका बिषयमा सचेनामुलक सन्देश दिएका थिए ।

Leave a review