लाखौं मूल्यको अबैध समानसहित ट्रक नियन्त्रणमा

संदिप प्रसाद यादव
231 पाठक संख्या

बारा प्रहरीले लाखौं मूल्य बराबरको अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरीक्षक मोह नारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरबाट उक्त सामान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा लाखौं रुपैयाँ बराबरको अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

सो ट्रकमा बिलबिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ५० लाख १३ हजार २ सय १३ रूपैया बराबरको लेडिज,जेन्स रेडिमेड कपडा,स्पेयर पार्टस,किराना आईटम लगायतका अन्य खुद्रा सामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उक्त अवैध कपडा तथा अन्य खुद्रा सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय,पथलैया बारामा पठाईएको बारा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds