सिमलताल बस दुर्घटनाका पीडित परिवारलाई राहत दिने प्रक्रिया शुरु

साझेदारी दैनिक
376 पाठक संख्या

वीरगञ्जबाट काठमाडौं जादै गरेको एन्जल डिलक्स बसमा सवार भएका मृतक र हराएका यात्रुहरुका परिवारलाई राहत दिन प्रकिया शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरि दुर्घटनामा परि मृत्यु र हराईरहेका परिवारलाई राहत दिने प्रक्रिया शुरु भएको जनाएको छ ।

जिल्ला प्रशासनले असार २८ गते बस दुर्घटनामा परि हालसम्म मृत्यु भएका पर्साका चार स्थानीय तहका दस जनाका परिवारजनलाई सिफारिस दिएर पठाउन आवहान् गरेको छ । बीरगञ्जबाट काठमाण्डौं गईरहेको बागमती प्रदेश ०३–००६–ख १५१६ नम्बरको बसमा सवाई भई मृत्यु भएका र हराईरहेका पर्सा निवासी परिवारजनलाई सिफारिस दिएर पठाउन जिल्ला प्रशासनले आवहान् गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत साउन २२ गते पत्र पठाएको हो । नेपाल सरकारको असार ३१ गतेको निर्णय बमोजिम बाढी पहिरो जस्ता विपदजन्य घटनाका कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला पर्न नसकेको यकिन भएमा त्यस्तो प्राकृतिक विपदबाट पीडित ब्यक्तिका परिवारलाई मृतक सरह राहत उपलव्ध गराउने निर्णय भएको जनाएको छ ।

सोही पत्र अनुसार पर्सा जिल्लाबाट हालसम्म मृत्यु भएका र हराएका दस जनाको परिवारजनलाई राहतको लागि निबेदन दिन आवहान् गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका,पर्सागढी नगरपालिका,बहुदरमाई नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकालाई बस दुर्घटनामा परि मृत्यु भएका र हराएका परिवारजनलाई वडा कार्यालयको सिफारिस,मृत्यु दर्ता,नाता प्रमाणित,राहत बुझने मृतकको नजिकको हकदारको नागरिकता प्रतिलिपी लगायतको सिफारिसहरु दिएर पठाउन जिल्ला प्रशासन कार्यालय पर्साले भनेको छ ।

भरतपुर महानगरपालिका २९ सिमलतालस्थित पहिरोमा परेर वीरगञ्जबाट गईरहेको बसमा सवार भई हालसम्म मृत्यु भएका र हराई रहेका पर्सा जिल्लाका दस जनाको नाम खुलेको छ । जसमा चारजना सखुवा प्रसौनी गाउँपालिकाका रहेका छन्।

यस्तै वीरगञ्ज महानगरपालिका,पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिकाका दुई-दुई जना रहेका छन ।सिमलताल पहिरोमा परेर वीरगञ्जबाट काठमाडौं गईरहेको एन्जल डिलक्सको बस र काठमाडौंबाट गौर आउदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस त्रिशुली नदीमा बेपत्ता भएका छन् ।

दुर्घटना भएको अहिले एक महिना बितिसक्दा पनि हालसम्म पनि दुबै मध्ये कुनै पनि बस उद्धार टोलीले भेटाउन सकेको छैन ।दुर्घटनामा परि हराएका कतिपय ब्यक्तिका परिवारले कुशको शव बनाएर दाह संस्कार समेत गरिसकेका छन ।

Leave a review

This will close in 0 seconds