मधसवादी दलका नेताहरु मधेसी जनतालाई लुटन,ठग्न बानि परिसके : अध्यक्ष साह

साझेदारी दैनिक
305 पाठक संख्या

कलैया । मधेसी जनतालाई लुटनकै लागि मधेस सरकार बनेको आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आरोप लगाएका छन ।

बाराको प्रसौनी गाउँपालिकाको खुटुवामा आयोजित प्रथम भेलालाई विहीबार सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो आरोप लगाएका हुन । उनले मधसवादी दलका नेताहरु मधेसी जनतालाई लुटन,ठग्न बानि परिसकेको आरोप लगाए ।

उनले मधेसवादी दलको भ्रष्ट चरित्रका कारण मधेस बदनाम भएको बताए। मधेस प्रदेशमा दलितहरुको घर निर्माण,राहत वितरणमा समेत मधेसी दलहरुले भ्रष्टचार गरेको उनको भनाई छ । ‘बजेटको किनबेच एवं कृषकको अनुदानमा कमिशन खाने मधेसी नेताहरुको रोजीरोटी नै चलेको उलने बताए ।

‘मानव विकास सूचांकमा तल रहेको मधेस प्रदेशमा जस्तो सानो र गरिब प्रदेशमा उच्चतहको तलब सेवा सुविधा सहितको जम्बो मन्त्रीमण्डल बनाएर भ्रष्ट सरकार बनाएको बताए ।

पनि सरकारको काम भनेको देश र जनताका लागि बिकास,समृद्धि जस्ता राम्रो काम गर्नु भए पनि मधेस सरकारले हरेक योजनामा लुट मचाएको उनले बताए। भ्रष्ट नेताहरुको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जन आन्दोलनको बिकल्प नभएको अध्यक्ष साहले बताएका छन ।

गाउँ अध्यक्ष गणेश रामको अध्यक्षतामा सम्पन्न भेलामा पार्तीका आजपाका उपाध्यक्ष अशोक लामा,महासचिब त्रिभुवन साह,सचिव उमेश कुशवाहा स्थायी कमिटी सदस्य विजय यादव निर्विज,आम विद्यार्थी मोर्चाका केन्द्रिय अध्यक्ष विवेक साह लगायतको सहभागिता रहेको उपाध्यक्ष लामाले बताए ।

Leave a review

This will close in 0 seconds