वीरगञ्ज,१२ भदौ । पर्सामा महिलाहरुले डिप्रोस लघुवित्त संस्थाको कार्यालयमा तोडफोड गरेका छन ।
जिल्लाको जीराभवानीपुर गाउँपालिका वडा नम्बर २ सेढवामा रहेको डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा मंगलवार महिलाहरूले तोडफोड गरेका हुन ।
लघुवित्त सङ्घर्ष समिति पर्साका अध्यक्ष शिवजी साहको नेतृत्वमा आएका महिलाहरूले संस्थाको कार्यालयमा तोडफोड गरेका हुन । उनीहरुले संस्थाको साइनबोर्ड च्यात्दै कार्यालयमा रहेका उपकरणहरू तोडफोड गर्नुका साथै कागजपत्रहरू बाहिर फ्याँकिदिएका छन।
संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको आरोप लगाउँदै यसरी तोडफोड गरेको बताएका छन । घटनामा संलग्न व्यक्तिहरूले मुखमा मास्क लगाएका थिए र तोडफोडमा महिलासँगै पुरुषको पनि सहभागिता रहेको सिसिटिभी फुटेजमा देखिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले बताएका छन
घटना बारे थप अनुसन्धान अगाडी बढाएको उनले सोही आधारमा पहिचान गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक बुढाथापाले जानकारी दिए ।
आक्रमणकारीहरूले कार्यालयमा रहेका ऋणसम्बन्धी कागजात,तमसुक,भरपाई जस्ता महत्त्वपूर्ण कागजातहरू कार्यालय कक्षबाट बाहिर फ्याँकेको र आर्थिक शाखाका उपकरणहरूमा पनि तोडफोड गरेको डिप्रोस लघुवित्तका शाखा प्रमुख प्रदीप चौधरीले बताएका छन ।


