मधेश प्रदेशका नेता कार्यकर्तालाइ एमालेले दियो अनुशासनको तालिम

साझेदारी दैनिक
276 पाठक संख्या

एमाले केन्द्रिय अनुशासन आयोगले नेकपा एमालेले मधेस प्रदेशका नेता कार्यकर्तालाइ अनुशासनको प्रशिक्षण दिएको छ ।

एमालेले यस अघि छ वटा प्रदेशमा प्रशिक्षण गरिसकेको छ । मधेस प्रदेशको बर्दिवासमा प्रशिक्षण दिइएको हो ।

एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशब बडालले सो अवसरमा पार्टी,संगठन,नेतृत्व र अनुशासनका बारेमा प्रशिक्षण दिएका हुन्।

अनुशासन आयोगका सचिब प्रा.डा.भरत पहारीले पार्टिका नेता कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचार संहिताकाबारेमा प्रशिक्षण दिएका हुन्। नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलका अनुसार प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्यहरूको सहभागिता रहेको हो ।

यस्तै केन्द्रीय निकायका सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्यहरूको समेत सहभागिता समेत सो अवसरमा भएको हो । पार्टी प्रदेश कमिटीका सदस्यहरू प्रदेश लेखा आयोगका सदस्यहरू तथा मधेश प्रदेशका आठ ओटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको प्रदेश कमिटीका सचिव पौडेलले जानकारी दिएका हुन्।

प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठको विशेष उपस्थिति रहेको हो । पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल,सुमनराज प्याकुरेल,रामदयाल मण्डल,ज्वाला कुमारी साह,अच्युत मैनाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता लगायतको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

केशव बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण प्रदेश सचिब मनोज पौडेलले गरेका हुन्। स्वागत प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले गरेका हुन्।

Leave a review

This will close in 0 seconds