नारायणी अस्पतालमा सञ्चालनमा आयो क्यान्सर रोग उपचार सेवा

राम मण्डल
381 पाठक संख्या

वीरगञ्ज : वीरगञ्ज अवस्थित मधेश प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल नारायणी अस्पतालमा मंगलबार देखि क्यान्सर रोग उपचार सेवा सञ्चालनमा आएको छ। नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सो सेवाका एक कार्यक्रमवीच उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले स्वास्थ्य बिमा रकमलाई बढाउनुपर्ने भनेका छन्। उनले हाल एक लाख सम्म रहेको स्वास्थ्य बिमालाई बढाएर पाँचलाख सम्म पु-याउन जरुरी रहेको बताएका हुन्।

उनले सबै नागरिकहरुमा स्वास्थ्य सेवा पु-याउनका लागि बिमा रकम बढाउनुपर्ने बताएका हुन्। पछिल्लो समय दिनप्रतिदिन क्यान्सर रोगका बिरामीहरु बढदै गएकाले सरकारी अस्पतालमा नै यसको उपचार सेवा गर्न सके राम्रो हुने उनले बताएका हुन्।

गरिब जनतालाई क्यान्सर रोेग लागे भए भरको सम्पति सकिने गरेकाले स्वास्थ्य सेवालाई धनी गरिब सबैको पहुँचमा पु-याउन सक्नुपर्ने उनले बताए। तीन तहका सरकारले ३१ अर्ब रुपैया स्वास्थ्य सेवामा खर्च गरिरहेको उनले जनाए । सो पैसा बिमा कोषलाई दिन सके स्वास्थ्यमा उठने कर पनि कोषलाई नै दिन सके बिमाको दायरा र कोष बढाउन सक्ने उनले जनाए ।

सरकारी भन्दा निजी अस्पतालमा काम गर्दा चिकित्सकले बढी सेवा सुबिधा पाउने गरेको उनले जनाए । चिकित्सकहरुलाई सरकारी अस्पतालमा बढी समय दिन चिकित्सकहरुलाई उनले आग्रह गरे । तत्कालै बिदाको दिन काम गर्ने स्वास्थ्यकर्मी वा चिकित्सकहरुले अन्य समयमा बिदा लिन सक्ने ब्यवस्था गर्ने गरी काम मन्त्रालयले गरिरहेको उनले जनाए। सरकारी अस्पतालहरुमा रहेका मेडिकल पसलमा औषधिमा बिक्री बितरणमा थुप्रै बेथिति रहेको उनले जनाए ।

औषधि पसलले नागरिक वडापत्र राखेर नै औषधिको बिक्री गर्नुपर्ने तथा मूल्यमा ध्यान दिन उनले र्निदेशन दिएका थिए। लामो समयदेखि नारायणी अस्पतालमा बन्द अवस्थामा एमआरआई मेशिन रहेकोले अबको एक हप्तामा नै एमआरआई सेवा सञ्चालन हुने कुरामा आफु बिश्वस्त रहेको उनको भनाई थियो।

सरकारले सात वटै प्रदेशमा एउटा अस्पतालमा बिशिष्ट सेवा दिने घोषणा गरे। मधेसमा नारायणी अस्पताललाई छनौट गरिएको छ ।नारायणी अस्पतालमा नै क्यान्सरको उपचार सेवा शुरु भएपछि यसले यस क्षेत्रका सेवाग्राहीहरु हर्षित भएका छन्।

पर्सा बारासँगै मधेस प्रदेश तथा भारत बिहारका बिरामीहरुलाई पनि फाईदा पुग्ने उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले बताए ।उनले उपचार सेवा शुरु भएसँगै क्यान्सर उपचारका लागि चाहिने आवश्यक उपकरण र स्वास्थ्यकर्मीहरुको ब्यावस्था पनि सहज रुपमा नै गरिदिन मन्त्री पौडेलसित आग्रह गरेका थिए ।

उद्घाटन कार्यक्रममा काँग्रेस मधेस प्रदेश सभा सदस्य श्याम पटेल,नारायणी अस्पतालका निमित्त मेसु डा.एनामुल हक,अस्पतालका स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।क्यान्सर उपचार सेवाको उद्घाटन पछि मन्त्री पौडेलले अस्पताल भवन तथा बिभिन्न कक्षको निरीक्षण समेत गरेका थिए ।

Leave a review

This will close in 0 seconds