सिम्रौनगढ :नूर आलम बादशाह/ बाराको एक पालिकामा रहेको अबदेखी चौबीसै घण्टा एमबीबीएस डाक्टरले सेवा दिने भएको छ ।
जिल्लाको पचरौता नगरपालिका–४ बेलदारी स्थित नगर अस्पतालमा अव फेरी पुनः २४ सै घण्टा एमबीबीएस डॉक्टरबाट सेवा उपलब्ध गराउनु हुने भएको हो ।
पालिकाबाट दरबन्दी कायम भई आएका मेडिकल अधिकृत अखिलेश अधिकारीलाई असोमोनगर प्रमुख जलन्धर सिंहले नियुक्ति पत्र प्रदान गरे सँगै अब देखि बिरामीले २४ सै घण्टा पुनः उच्च स्तरको चिकित्सक सेवा पाउने निश्चित भएको छ ।
बिगत केहि दिनदेखि अस्पलातको अवरुद्ध रहेको उक्त सेवा पुनः सुचारु भएपछि विशेषगरी पचरौता नगरपालिका तथा आसपासका बिरामीलाई परीक्षणमा सहजता प्रदान हुने नगरप्रमुख सिंहले जानकारी दिए ।
नगर अस्पतालबाट बहिरङ्ग सेवा,२४सै घण्टा आकष्मिक सेवा,गर्भवती जाँच,प्रसूति सेवा,खोप तथा पोषण सेवा,प्रयोगशाला सेवालगायत सेवा प्रदान हुँदै आएको छ ।
बेलदारी नगर अस्पताललाई सुविधा सम्पन्न बनाउन नगरपालिकाका तर्फबाट पहल हुँदै आएको नगरप्रमुख सिंहले बताएका छन ।
उनले नगरवासीको स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयलाई नगरपालिकाबाट हुनसक्ने सम्पूर्ण कार्य पूरा गर्न नगरपालिका तयार रहेको र आगामी दिनमा पनि स्वास्थ्यलाई प्राथमिकता राखिने प्रतिबद्धता जनाएका छन ।
योसंगै पचरौता सहित यस भेगका अन्य स्थानका आम नागरिकहरुले पनि ग्रामिण स्थानबाट नै प्रभावकारी स्वास्थ्य सेवा लिन पाउने भएका छन ।

