यही आउदो माघ ७ गते जीतपुरसिमरा उपमहानगरमा राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समितिका अध्यक्ष जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले उपमहानगर स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता माघ ७ गते हुने निर्णय गरेको हो ।
उपमहानगरपालिकाको वडा नं.१४ स्थित जनता मा.बि.रजघट्टामा हुने प्रतियोगिता १३ गते सम्म चल्ने जनाईएको छ । विद्यालय स्तरमा सञ्चालन हुने अन्तर बिद्यालय स्तरीय प्रतियोगिताबाट छनौट भएका विद्यार्थी खेलाडीहरुले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् ।
राष्ट्रपती रनिङ शिल्ड अन्तर्गत बिद्यालय स्तरीय कबडी,भलीबल ,एथ्लेटिक्स,कराते र तेक्वान्दो प्रतियोगिता हुने आयोजक बिद्यालय जनता मा.बि. रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले जानकारी दिएका छन ।
त्यस्तै अतिरिक्त खेल अन्तर्गत महिलाको लागि फुटबल र पुरुषको लागि क्रिकेट प्रतियोगिता हुने प्रधानध्यापक अधिकारीले बताए । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड, प्रमाणपत्र, पदक र ट्रफी वितरण गरिने छ । भने द्धितीय र तृतीय हुनेलाई क्रमशः पदक ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालनलाई विभिन्न उपसमिति गठन गरी तयारी थालिएको आयोजक समितिका सदस्य सचिव समेत रहेका जनता मा.बि.का प्रधानध्यापक अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितालाई सफल रुपमा सञ्चालन गर्नकालागि जीतपुरसिमरा उपमहानगरपालिकाले १० लाख रुपैया र संघ सरकारले १ लाख गरी ११ लाख रुपैया छुट्याईएको छ ।
प्रतियोगितामा १८ बर्ष मुनिका बिद्यार्थीहरु सहभागी हुन पाउँने आयोजकले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा ६१ वटा सामुदायिक बिद्यालय र ५१ वटा सँस्थागत बिद्यालय रहेका छन् ।


