बारामा भब्याताका साथ भयो विश्वकर्मा पूजा

संदिप प्रसाद यादव
673 पाठक संख्या

कलैया : निर्माण तथा औजारका देवता भगवान विश्वकर्माको पूजा बारामा भब्यताका साथ मंगलबार गरिएको छ।

जिल्लाको १६ वटै स्थानीय तहमा भगवान विश्वकर्माको पूजा अर्चना गरिएको हो।

कलैया,सिमरा,बरियारपुर,कोल्हवी,देवताल,जितपुर,परवानीपुर लगायतमा रहेका कारखाना तथा पसलमा वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका हुन् ।

त्यस्तै प्रादेशिक अस्पताल कलैयामा पनि इन्डोस्कोपी मेसिनलाई डाक्टर अजय कुमार गुप्ताले पुजा गरेका छन् ।

आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको माटोको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर बिश्वकर्मा पुजा गरिन्छ। यस्तै साइकल पसल,मोटरसाइकल गैरेज,कम्प्युटर पसल लगायतमा यो पूजा गरिएको हो।

खासगरी मोटरसाइकल तथा विभिन्न औजारहरुलाई समेत यस अवसरमा पूजा गरिएको छ।कलकारखानामा उपयोग हुने विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने,कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ ।

पूजा गरिएका मूर्ति तथा तस्वीरलाई बुधबार नदीमा लगेर सेलाइन्छ।

Leave a review