इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई दिईयो स्कुटर

साझेदारी दैनिक
266 पाठक संख्या

काठमाण्डौ । योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले २ वटा ईभी स्कुटर विजेताहरुलाई प्रदान गरेको छ।

स्पोर्टस फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवितनन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले उनीहरुलाई स्कूटर प्रदान गरेका हुन्।

उनीहरुलाई काठमाडौं म्याराथन अन्र्तगत सो प्रदान गरिएको हो। योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफुले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको हो।

जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई ध्यान दिइएको थियो। उनीहरूले आफ्नो प्रशिक्षण यात्राको क्रममा सामूहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी भएका हुन्।

उनीहरुले अन्य धावकहरूलाई समर्थन गर्दै लगनशीलता समेत प्रदर्शन गरेका थिए । उनीहरूको मेहनत र धैर्यले उनीहरुलाई काठमाडौं म्याराथनको लागि तयार बनाएको जनाइएको छ ।उनीहरूले प्रशिक्षणको क्रममा हासिल गरेका कौशल र सहनशीलता प्रदर्शन गर्नेछन्।

विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखनीय संलग्नता जनाए बापत सम्मानित गरिएको हो। योरपेसमा सहभागिताले चालकहरूलाई काठमाडौं म्याराथनका लागि तयार पार्न मद्दत गरेको आयोजक संस्थाले जनाएको छ।

यो सम्मानले केवलउनीहरूको व्यक्तिगत उपलब्धिहरूलाई पहिचान गर्ने छ। अरुहरुलाई प्रशिक्षणमा संलग्न हुन र म्याराथनको चुनौतीलाई स्वीकार गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।

पवितनन्दा आनन्दका अनुसार लगनशील ड्राइभरहरुको उपलब्धिलाई यसरी मनाउन पाउँदा संस्थालाई खुशी लागेको छ। आनन्द इन्ड्राइभका एशिया प्यासेफिकका पिआर तथा कम्युनिकेसन लिड हुन्।योरपेस पहलहरु मार्फत मानिसहरुलाई व्यावसायिक रुपमा मात्र नभएर व्यक्तिगत रुपमा पनि सशक्त बनाउन चाहिएको छ।

यो क्याम्पेनको सफलताले हामी कसरी एकै ठाउँँमा आएर, एक अर्कालाई साथ दिएर अगाडि बढ्न सक्छौ भनेर उदाहरण देखाएको छ । यो यात्रालाई अझै निरन्तरता दिन उत्साहित रहेको आनन्दले जनाए।

योरपेस प्रशिक्षणमा उत्साहजनक संलग्नता जनाएका एक जना चालकका छोराले ट्याब्लेट प्राप्त गर्न सफल भएका छन्। जसले कार्यक्रमको रौनकलाई अझै बढाएको थियो ।

यो कार्यक्रमले आफ्नो ड्राइभर कम्युनिटी र उनीहरुको परिवारको निम्ती सहयोगी वातावरण निर्माण गर्ने इन्ड्राइभको प्रतिबद्धतालाई थप बलियो बनाएको जनाइएको छ। सदैव मित्रता व्यवहार र सामुदायिक संलग्नताको प्रवर्धनमा अग्रसर रहने इन्ड्राइभको प्रतिबद्धता रहेको छ।

Leave a review

This will close in 0 seconds