रञ्जन यादब /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरामा शनिवार राहत बितरण गरिएको छ ।
दोस्रो चरणको राहत स्वरुपमा वडा कार्यालयले वडाका ६ सय बिपन्न घरपरिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष प्रभुनाथ चौधरीले जानकारी गराएका छन ।
वडाले पहिलो चरणको राहतमा ४ सय घर परिवारलाई राहत बितरण गरिएको थियो । पहिलो चरणमा राहत बिरण गरिएको घरपरिवारको साथसाथै थप दुई सय जना गरिब घरपरिवारको पहिचान गरी राहत बितरण गरिएको वडा अध्यक्ष चौधरी जनाए ।
वडा कार्यालयमा राहतमा २० किलो सोना मंसुली चामल, पाँच किलो जिरा मसिनो चामल, खाने तेल १ लिटर, दाल १ किलो, नुन एक किलो, सरफ १ र साबुन १ वटा बितरण गरिएको वडा सचिव सँगिता चौधरीले जानकारी गराईन । यसअघि सर्बपक्षिय बैठकले वडामा बन्दाबन्दीबाट प्रभाबित ब्यक्तिहरुको पहिचान गरेको थियो ।
राहत लिने वा दिने आउनेहरु अनिवार्य मास्क लगाएको हुनुपर्ने ,साबुन तथा सेनिटाईजरले हात धुनुपर्ने प्रावधान राखिएको थियो ।
राहत वितरण कार्यक्रममा कार्यपालिका सदस्य अनिता चौधरी, वडा सदस्य राधेश्याम चौधरी, लक्ष्मी चौधरी, प्रभा देबी, नेकपाका प्रतिनिधि लक्ष्मीकान्त प्यारेलाल चौधरी, समग्र श्रमिक एकता समाजका जय प्रकाश चौधरी, समाजवादी पार्टीका बंदिश चौधरी ,नेपाली काग्रेसका अर्जुन चौधरी, शिक्षक अनिल चौधरी,राप्रपाका पारसनाथ चौधरी ,राजपाका शुसिल चौधरी, लगायतको सहभागिता रहेको थियो ।