वीरगञ्ज :नेपाल भारत सीमा नजिकै मितेरी पुल नजिकै मंगलबार दिउँसो दुई राउण्ड गोली चलेको पाइएको छ।
नेपाल भारत सीमा नजिकै वीरगञ्ज र रक्सौलबीच रहेको मितेरी पुल नजिकै एक राउण्ड गोलीको खोका भेटिएको थियो ।उक्त गोली भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले नै चलाएको मोतिहारी प्रहरीले जानकारी दिएको छ।
नेपाल भारत सीमानामा भारततर्फ खटने एसएसबी ४७ औं वाहिनी पन्टोकाका जवानलाई केही तस्करहरु एकजुट भएर कुटपिट गर्दै दशगजा क्षेत्र (नो मैन्स ल्याण्ड) तर्फ लगिरहेका थिए।
तस्करहरुले काठ र फलामको डन्डाले जवान कुटपिट गरेपछि आत्मरक्षाको क्रममा एसएसबी जवानले दुई राउण्ड गोली चलाएको मोतिहारी पुलिसले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ।
सो क्रममा तस्करहरुले कुटपिट गरी एसएसबी जवानलाई घाईते समेत बनाई दिएका छन ।एसएसबी जवानलाई कुटपिट भएको सूचना पाउने बितिक्कै हरैया थानाका थानाध्यक्ष पुलिस अधिक्षक अँजन कुमार,प्रिती कुमारी,मखन सिँह र सशस्त्र बल हरैया थानाको टोलीले छापामारी गरि दुई जना तस्करलाई पक्राउ गरेको छ ।
टोलीले बिहार जिल्ला पुर्बी चम्पारण मोतिहारी हरैया थान निवासी जितु कुमार र खुर्शीद आलमलाई पक्राउ गरेको तथा घटनामा संलग्न रहेका अन्य ब्यक्तिहरुको खोजी कार्य भईरहेको मोतिहारी पुलिसले जनाएको छ।
एसएसबीले चलाएको एक राउण्ड गोलीको खोका नेपाल भारत सीमानाको वीरगञ्ज रक्सौलस्थित मितेरी पुल नजिकै भेटिएको थियो। प्रत्यक्षदर्शीहरुले एसएसबी जवानले नै गोली चलाएको बताएका थिए। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थलमा पुगेको थियो।
खोका बरामद भएपछि गोली चलेको कसले चलाएको भन्ने बारेमा हालसम्म अनुसनधान गरिरहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।
उनले नेपालको भूमिमा खोका फेला परेकोले कसरी आयो भन्ने बिषयमा आवश्यक अनुसनधान जारी नै रहेको उनले बताए।

