लायन्स क्लब अफ पिंक सिटिले गर्‍यो कपडा सहयोग हस्तान्तरण

साझेदारी दैनिक
145 पाठक संख्या

वीरगञ्ज : लायन्स क्लब अफ पिंक सिटि वीरगञ्जले कपडा सहयोग हस्तान्तरण गरेको छ। उसले एक कार्यक्रमवीच वीरगञ्ज कपडा बैंकलाई कपडा हस्तान्तरण गरेको हो।

क्लबका फस्र्ट भिडिसी रामबिहारी पाण्डेको प्रमुख आतिथ्यमा तथा एरिया चिफ रामेश्वर प्रसाद गुप्ताको बिशिस्ट आथिथ्यतामा सो कार्यक्रम भएको हो।

क्लवले एक बोरा,१० झोला कपडा वीरगन्ज कपडा बैंकको कार्यालय पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेको हो। लायन्स क्लब अफ पिंक सिटिका अध्यक्ष पिंकि साहको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो।

उक्त अवसरमा पिंक सिटिका सेकेन्ड चेयर पर्सन डा. सुनिलकुमार गुप्ता, समाजसेवी चन्द्रशेखर तिवारी, सचिव नितु गुप्ता, सहसचिव ब्युटी जैसवाल,सदस्यहरु रुपशिला जैसवाल,जुलि बर्णवाल,मुन्नी जैसवाल एवं वीरगन्ज कपडा बैंकका कर्मचारी शोभा देवि लगायतको उपस्थिति थियो।

Leave a review