पर्सा प्रहरीद्वारा चोरीको पाँच वटा मोटरसाईकलसहित तीन जना पक्राउ

राम मण्डल
325 पाठक संख्या

वीरगञ्ज : मोटरसाईकल चोरी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मोटरसाईकल चोरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार उनीहरुलाई सार्वजनिक गरेको हो।

पर्सागढी नगरपालिका वडा नम्बर ९ बस्ने २१ बर्षिय सिद्धार्थ चौधरी,वडा नम्बर ८ बस्ने २४ बर्षिय बिशाल दास थारु र वडा नम्बर २ बस्ने ३० बर्षिय प्रितम कुमार महतोलाई प्रहरीले सार्वजनिक गरेको हो।

असोज २५ गते पर्साको सखुवा प्रसौनी गाउँपालिका १ निवासी शिवदत दास थारुको ना ५१ प ७४३५ नम्बरको यामाहा मोटरसाईकल उनको घरबाट चोरी भएको थियो । चोरी भएको उक्त मोटरसाईकल खोजतलाश गर्नेक्रममा प्रहरीले सो मोटरसाइकल फेला पारेको हो।

पर्सागढी नगरपालिका–९ कोईलाभारस्थित पक्राउ परेका सिद्धार्थ चौधरीले चलाईरहेको अवस्थामा फेला पारेको थियो ।

चौधरीसित सोधपुछ गर्दा अन्य दुई जना समेतलाई थप चारवटा मोटरसाईकलसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए ।

पक्राउ परेका तिनैजना विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

Leave a review

This will close in 0 seconds