उन्नत बचत तथा ऋण सहकारीको १४ औं साधारणसभा सम्पन्न

संदिप प्रसाद यादव
311 पाठक संख्या

कलैया : कलैयामा रहेको उन्नत बचत तथा ऋण सहकारी संस्थाको १४ औंँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ४ मा रहेको चिल्ड्रेन वल्ड स्कुलको प्राङ्गणमा शनिबार एक कार्यक्रम बिच उन्नत बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

उन्नत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख महन्थ ठाकुर रहेका थिए ।

साधारणसभाले सहकारी संस्थाको नयाँ संचालक समिति समेत चयन गरेको छ । सो सभाबाट संचालन समितिको अध्यक्षमा मनोज कुमार साह,उपाध्यक्षमा राजा प्रसाद दास र सचिवमा वसन्त घिमिरे सर्वसहमतबाट चयन गरेको हो ।

त्यस्तै कोषाध्यक्षमा अमरेन्द्र यादव पनि चयन भएका हुन् । त्यसैगरी सदस्यमा संदिप कुमार साह गुप्ता,ईन्दु सरार्फ र सोनी देवी पनि सर्वसहमतबाट चयन भएकी छिन् ।

उक्त कार्यक्रममा बारा जिल्ला सहकारी संघका सचिव मणिन्द्रनाथ शर्मा,संस्थाका संस्थापक अध्यक्ष विवेक कुमार साह,कर्मचारी,पदाधिकारी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो । सो कार्यक्रमको संचालन संस्थाका सचिव बसन्त घिमिरेले गरेका थिए ।

Leave a review

This will close in 0 seconds