गत आर्थिक बर्षमा पर्साबाट राहदानी लिनेको सँख्या पहिलेको भन्दा केही घटेको छ ।
जिल्ला प्रशसन कार्यालयको तथ्याँक अनुसार पर्साबाट गत आर्थिक बर्ष २०८०/८१ मा आठ हजार ४१३ जनाले राहदानी लिएका छन ।
अघिल्लो आ.ब.मा भने पर्साबाट १० हजार २० जनाले राहादनी लिएका थिए । यस्तै आ.ब २०७८/७९ मा भने पर्साबाट जम्मा पाँच हजार १७३ जनाले मात्रै राहदानी बनाएका थिए ।
देशमा बढदो बेरोजगारीका कारण बिदेश गएर काम गर्ने उदेश्यले मानिसहरुले राहदानी बनाउने गरेका छन ।यसैगरि बिदेशमा अध्ययनको सिलसिलामा जाने बिधार्थीहरुले पनि राहदानी बनाउने गरेका छन ।

