अटुट साकोसको १३ औं बार्षिक साधारणसभा सम्पन्न

साझेदारी दैनिक
279 पाठक संख्या

कोल्हवी : धीरेन्द्र पनुहर/ कोल्हवीमा रहेको अटुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बाराको कोल्हवी नगरपालिका वार्ड नम्बर ४ सपहीमा रहेको अटुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं बार्षिक साधारण सभा शनिबार एक कार्यक्रम बिच मनाएको छ ।

साधारणसभाको कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बति बालेर उदघाटन गर्नु भएको थियोे । प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख चौधरीले संस्थालाई जोगाउन अनिवार्य बचत गर्न सम्पुर्ण शेयर धनिहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै तरकारी खेती गर्दा किटनाशक औषधि छर्ने बेलामा प्राबिधिकसँग सल्लाह लिएर मात्र औषधि छर्न पनि उहाँले सुझाव दिनुभयो । सोही अवसरमा नगरप्रमुख चौधरीले आउदै गरेको शुभ दिपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै संस्थाको उतरोतर प्रगतीको कामना गर्नुभएको छ ।

सो कार्यक्रममा लेखा संयोजक मुनिकान्त चौधरीले लेखा प्रतिवेदन र सस्थाका अध्यक्ष बिशुनदयाल चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष चौधरीले आर्थिक बर्ष ०८१/०८२ मा बाख्रा पालन,सामुहिक तरकारी खेती,रक्त दान र निशुल्क आँखा शिबिर जस्ता कार्यक्रमहरु गर्ने योजना रहेको जानकारी गराए ।

सहकारीले करिब १ करोड ४३ लाखको कारोवार गरेको र शेयर सदस्य संख्या ९ सय ३२ रहेको कार्यक्रम मार्फत जानकारी गराएको थियो ।

सहकारीको आफ्नो निजि एम्बुलेन्स सेवा संचालनमा रहेको र आफ्ना शेयर सदस्यहरुलाई न्यूनतम भाडामा सेवा प्रदान गर्दै आईरहेको लेखा संयोजक मुनिकान्त चौधरीले बताएका छन ।

संस्थाका अध्यक्ष बिशुनदयाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाकी उपमेयर लक्ष्मी कुमारी चौधरी,थारु कल्याणकारणी सभाका जिल्ला अध्यक्ष राम प्रसाद चौधरी, बारा जिल्ला बचत सहकारी संघका जिल्ला अध्यक्ष सतेन्द्र ठाकुर, वडा नम्बर ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी,४ का वार्ड अध्यक्ष विष्णु मैनाली,३ का वडा सदस्य रामदयाल चौधरी, र निर्मल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रसौनाको अध्यक्ष मनोज चौधरी,साना किसान सपहीका चन्द्रकला भण्डारी,सपही कलेजका प्रीन्सिपल दिनेश अधिकारी,नेपाल राष्ट्रिय माध्यमिक बिधालय सपहीका प्रधानाध्यापक भुनेश्वर चौधरी,नेपाल राष्ट्रिय माध्यमिक बिधालय जुअवाका प्रधानाध्यापक नरेन्द्र चौधरी,नेकपा एमाले कोल्हबीका नगर अध्यक्ष पुरनदेव चौधरी, नेपाली कांग्रेस कोल्हवीका नगर सभापति बिरेन्द्र चौधरी,तामागढी हस्पिटल प्रा.लि कोल्हवीका प्रशासन प्रमुख राम कुमार उप्रेती,हिमचुली एकाडेमीका प्रीन्सिपल विष्णु देवकोटा,संस्थाका सल्लाहकार हरि नरायण चौधरी,संस्थाका संस्थापक अध्यक्ष प्रेमनरायण चौधरी,वडा नम्बर ४ सदस्य कालिका बिक लगायतकोले शुभकामना मन्तव्य राख्नु भएको थियो।

संस्थाका सचिव हितेन्द्र चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सन्ध्या राय चौधरीको रहेको थियो ।

Leave a review