कलैया : राष्ट्रिय मानवअधिकार प्रतिष्ठान बाराको प्रथम साधारणसभाले अध्यक्षमा मनकुमारी लामालाई चयन गरेको छ।
बाराको सदरमुकाम कलैयामा रहेको बारा उधोग बाणिज्य संघको हलमा भएको प्रथम साधारण सभाले अध्यक्षमा लामालाई चयन गरेको हो।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो।
सो सभाले प्रतिस्ठान बाराको उपसभापतिमा मुनिन्द्रलाल कर्ण,मंजू सिंह अधिकारी र सुनिल कुमारलाई सर्वसम्मतले चयन गरेको हो।
त्यस्तै सचिवमा टिलेन्द्रपुरुष ढकाल,सह सचिवमा कर्ण लामा र कोषाध्यक्षमा किशोर कुमार साहलाई चयन गरेको छ।
त्यसैगरी सदस्यमा निला सापकोटा,सोभावती पटेल,पुनम साह,चन्द्र भुषण शर्मा,मनकलिया दसरिन,सिताराम यादव,मंसुर आलम,म.कमरुल होदा चयन भएका छन्।
सल्लाहकारमा बिनोदसिंह अधिकारी ( प्रवक्ता),राम सापकोटा,राम बिक्रम शाह र साहजहा अन्सारी चयन भएका छन्।कानुनी सल्लाहकारमा अधिवक्ता समसोदिन हवारी चयन भएका छन्।
उक्त कार्यक्रममा बारा उद्योग बाणिज्य संघका उपाध्यक्षमा प्रदिपकुमार साह,प्रतिष्ठानको साधारण सदस्य ४७ जना,जिल्ला कार्य समिति,पदाधिकारी र सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

