कलैया सिटी जेसिज द्वारा मनाइने भयो जेसिज सप्ताह

संदिप प्रसाद यादव
323 पाठक संख्या

कलैया : कलैया सिटी जेसिजले जेसिज सप्ताह मनाउने भएको छ। उसले जेसिज सप्ताह सोमबार देखि मनाउने भएको हो।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मझौलियामा जेसिज सप्ताह अन्तर्गतको पहिलो दिन सोमबार समुदघाटन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरिने छ।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मझौलियामा समुदघाटन तथा शैक्षिक सामग्री वितरण गरिने छ। दोस्रो दिन मंसिर ४ गते प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण कार्यक्रम जेसिजले गर्नेछ।

कलैया उपमहानगरपालिका –२ मा रहेको अमर माध्यमिक विद्यालय दोहरीमा नि. शुल्क आँखा शिवीर जेसिजले सञ्चालन गरिनेछ। मंसिर ५ गते कलैया ट्राफिक अफिस कलैयामा ट्राफिक सचेतना कार्यक्रम गरिने छ।

मनकामना कलेजमा लिडरसिप ट्रेनिङ र मंसिर ६ गते कलैया ट्राफिक अफिस नीर स्वागत बोर्ड स्थापना र अमर माध्यमिक बिधालय दोहरीमा समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने कार्यक्रम संयोजक कलैया सिटी जेसिज २०२४ का महासचिव विजय गिरिले जानकारी दिएका छन् ।

जेसिज सप्ताह अन्तर्गत मंसिर ३ गते देखि ६ गते सम्म विभिन्न कार्यक्रम हुने कार्यक्रम संयोजक गिरिले बताए ।

कलैया सिटी जेसिज २००९ सालमा स्थापना भएको हो। यसले स्थापना काल देखिनै जेसिज सप्ताहमा विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएको समेत उनले बताएका छन्।

Leave a review

This will close in 0 seconds