नब्बे लाखको औषधीजन्य सामाग्री लोड रहेको ट्रक राजश्व बुझाईयो

राम मण्डल
349 पाठक संख्या

वीरगञ्ज : बिल बिजक भन्दा बढीको सामान बोकेको आशंकामा प्रहरीले औषधिजन्य सामाग्री बोकेको एउटा ट्रकलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित ट्रक जाँच गरेको थियो। वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना.३ ख ७९१९ नम्बरको मालबाहक ट्रक प्रहरीले जाँच गरेको थियो।

जाँचको क्रममा उक्त ट्रकमा ९० लाख ३७ हजार छ सय १० रुपैयाँ बराबरको औषधीजन्य सामाग्रीहरु लोड रहेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवम् डिएसपी किशोर लम्सालले जानकारी दिए।

सो ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको लम्सालले बताए ।

Leave a review