वीरगञ्ज : पठनपाठनको विषयलाई लिएर पर्साको बहुदरमाई नगरपालिका अन्तरगतका विद्यार्थीहरु आक्रोशित भएका छन्। विद्यार्थीहरु आगजनी र तोडफोडमा उत्रिएका हुन् ।
नगरपालिकामा रहेका विद्यालयमा अध्यनरत विद्यार्थीहरुले शुक्रबार बिहान नगरपालिकामा तोडफोड गरेका हुन्। विद्यार्थीहरुको समूहले नगरपालिका कार्यालयमा रहेको कागजातहरु समेत च्यातेका थिए। उनीहरुले कुर्सी बेञ्च लगायतका फर्निचरहरु एसि लगायतमा तोडफोड गरी क्षति पु-याएका छन्।
नगरपालिका कार्यालय रहेको बहुवरीमा विद्यार्थीहरु विहान पुगेका थिए। उनीहरुले कागजात तथा फर्निचर बाहिर निकालेर आगो लगाएका थिए। लामो समय देखि विद्यालयमा पठनपाठन नियमित नभएको उनीहरुको आरोप रहेको छ।
यस्तै शिक्षकहरु पनि नियमित बिधालय नआउने गरेकोले समस्या भएको भन्दै विद्यार्थीहरु आक्रोसित भएका थिए । आक्रोशित बिद्यार्थी हरुले बिहिवार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।
बिधालयमा पठनपाठनको समस्या समाधान गर्न नगरपालिकाका जनप्रतिनिधि कर्मचारीहरुले चासो नदेखाएको आरोप लगाउँदै आक्रोशित बिद्यार्र्थी हरु तोडफोड र आगजनीमा उत्रिएका हुन्। बहुदरमाई नगरपालिकामा हालसम्म पनि बजेट खर्चको अख्तियारीलाई लिएर विवाद चलिरहेको छ।
जसका कारण नगर प्रमुखले बजेट खर्चको अख्तियारी समेत दिएका छैनन्। नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच लामो समय देखि बिवाद रहि आएको छ। सोही विवादको कारण चालू आवको बजेट समेत तीन महिना ढिलो गरि गत कार्तिकमा आएको थियोे ।
बजेट आएपनी खर्चको अख्तियारी नपाएपछि नगरपालिकामा बिकाश निर्माणका काम बन्द छ । कर्मचारीले तलब भता पाएका छैनन्। नगरपालिकाका शिक्षक हरुले बितेको सात महिनाको तलब पाउन सकेका छैनन्।

