कारभित्र मृत फेला परेका रुम्बाको टाउकोमा गोली हानेको पुष्टि

साझेदारी दैनिक
348 पाठक संख्या

कलैया । कारभित्र मृत अवस्थामा भेटिएका प्रहरी कर्मचारी राजकुमार रुम्बाको गोली हानी हत्या गरिएको पुष्टि भएको छ ।

गत शनिबार कारभित्रा मृत अवस्थामा फेला परेका रुम्बाको टाउकोमा एक राउन्ड गोली हानिएको शवको पोष्टमार्टम रिर्पोटपछि पुष्टी भएको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खडकाले बताएका छन् ।

रुम्बाको कसैले गोली प्रहार गरी हत्या नै गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

घटनाको बिषयमा थप अनुसन्धान कार्य भैइरहेको र हत्यामा संलग्नहरुको खोजी कार्य तीब्र रुपमा भैइरहेको एसपी खड्काले जनाए ।

बाराको जितपुर सिमरा उप-महानगरपालिका- ११ स्थित सडक छेउमा रुम्बाको बागमती प्रदेश ०१-०२८-च ७६१६ नम्बरको कारभित्र मृत अवस्थामा गत शनिबार बिहान शव भेटिएको थियो।

मृतक रुम्बा सिमरा एयरपोर्टमा नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए।

Leave a review