डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको २९ औँ वार्षिक सभा सम्पन्न

रञ्जन यादव
412 पाठक संख्या

बारा : डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो २९ औँ वार्षिक सभा सम्पन्न गरेको छ।

सभाको अवसरमा सबै भन्दा बढि दूध बेच्ने,गुणस्तरीय दूध बेच्ने कृषकहरुलाई सम्मान गरिएको थियो। सहकारीले विभिन्न विधामा काम गर्ने ३९ जनालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको हो।

यसरी सम्मान पाउनेहरुमा सर्वोत्कृष्ट किसान २०८१ बाट सम्मानित हुनेहरुमा श्री ब्रदर्श मल्टी प्रपोज फार्म,सीता पशुपालन फार्म र सावित्री भट्टराई अचार्य रहेका छन्।

डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले यस बर्षको सर्वोत्कृष्ट कर्मचारी सम्मान उपकेन्द्र ब्यवस्थापक बाट सुमन कुमार खत्री,बजार क्षेत्र बाट प्रमिला गौतम र चालकहरु बाट शिव बहादुर आलेलाई सम्मान गरेको छ ।

त्यस्तै यस बर्षको पत्रकारिता पुरस्कार बाट सञ्चारकर्मी प्रदीप गौतमलाई सम्मान गरिएको छ। उत्कृष्ट ब्यापारीको रुपमा ढाकाराम लामिछानेलाई सम्मान गरिएको छ।डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभामा संस्थाका उपाध्यक्ष नारायणप्रसाद घिमिरेले स्वागत गरे।

कार्यक्रमको संचालन संस्थाका ब्यवस्थापक सन्तोष कुमार भुजेलको थियो। संस्थाका अध्यक्ष होमनाथ पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्री रहेका थिए।

संस्थामा ३ हजार ७ सय ७७ जना सेयर सदस्य रहेको संस्थाका अध्यक्ष पण्डितले आफ्नो प्रतिवेदन प्रस्तुतिमा उल्लेख गरेका छन्। त्यस्तै संस्थाका लेखा संयोजक तेज प्रसाद चौलागाईंले लेखा प्रतिवेदन प्रस्तुत गरे। संस्थाको नीति तथा कार्यक्रम प्रस्तुति संस्थाका व्यवस्थापक सन्तोष भुजेलको थियो।

डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं बार्षिक साधारण सभामा बोल्दै मधेश प्रदेशका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दनसिंह क्षेत्रीले कृषि सहकारीको माध्यमबाट नागरिकको आर्थिक उन्नति हुने विश्वास व्यक्त गरे। उनले समाज परिवर्तनको लागि सहकारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे।

उनले सोही अनुरुप काम गर्नु पर्नेमा जोड दिए। प्रदेश भित्र सञ्चालित सहकारीको अवस्थाबारे कृषि मन्त्रालयले अध्ययन गरिरहेको उनले बताए। मन्त्रालयले आवश्यकताको आधारमा सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी,संस्थाका पूर्व अध्यक्ष भरत खडका,पन्चामृत दुग्ध सहकारीको तर्फ बाट चुडाहरी अधिकारी,जीतपुरसिमरा उपमहानगरपालिका वडा न १६ का वडाध्यक्ष हरिदेव खरेल,प्रदेश दुग्ध बिकाश बोर्डका अध्यक्ष शंकर साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Leave a review

This will close in 0 seconds