लायन रमेशचन्द्र घिमिरेले गरे न्यानो कपडा वितरण

साझेदारी दैनिक
178 पाठक संख्या

डुमरवाना : जीतपुर सिमरा १६ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालय स्वाभिमानबस्ती( कतर्वा) का बिधार्थीहरूलाई लायन रमेशचन्द्र घिमिरेले न्यानो कपडा (ट्रयाकसुट) वितरण गरेका छन ।

लायन्स कल्व अफ बारा मौवादेबी १५१६४६ का अध्यक्ष एवं क्षेत्रीय अध्यक्ष रमेशचन्द्र घिमिरेले आफुले कखरा सिकेको विधालयलाई यसरी सहयोग गर्न पाउँदा आफु गौरवान्वीत भएको बताए। आफुले आफुहरूले यस्ता विधालयहरूमा बेला बेलामा अन्य सहयोग पनि गरेको स्मरण गराय ।

उनले यसअघि पनि यसै विधालयमा ९५ थान स्कुल ब्याग वितरण गरेको र आफनो जन्म दिनको अवसर पारेर स्टेशनरीका समानहरू वितरण गरेको र आगामी दिनमा समेत यस्तै रचनात्मक कार्यहरू गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा लायन्स कल्व अफ बारा मौवादेबी १५१६४६ का उपाध्यक्ष लायन राजेश भण्डारी,कोषाध्यक्ष लायन रीता रिजालले समेत आफ्ना मन्तब्य राखेका थिए । उनीहरूले समाज परिवर्तन हुन आफैमा परिवर्तन हुन जरूरी रहेको तर्फ जोड दिए । सामाजिक कार्यमा समेत राजनीति हुनु दुर्भाग्य रहेको र हामी लायनहरूले सामाजिक रूपान्तरणका लागि काम गरेको बताय ।

कार्यक्रममा प्रमुख अतिथी जीतपुर सिमरा १६ का वडा सदस्य सोममाया रिमालले युवा समाजसेवी रमेश भाईले गरेको कामलाई सबैले अनुसरण गर्दै समाज र सामाजिक काममा युवाहरू यसरिनै अघि बढने हो भने समाजले सकारात्मक फडको मार्नेमा विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपान राष्ट्रिय आधारभुत विधालयका प्रअ उदयराज मैनालीले युवा समाजसेवी रमेशचन्द्र घिमिरेले धेरै पटक आफुले कखरा सिकेको विधालयलाई शैक्षिक सामग्री र न्यानो कपडा अनि पाठ्यपुस्तक बोक्नो झोला वितरण गरेर ठुलो गुन लगाएको जनाए ।

कार्यक्रमका अध्यक्षता गरेका विधालय ब्यब्सथापन समितिका अध्यक्ष गंगाप्रसाद मैनालीले जसरी युवा समासेवीहरूले विधालयलाई सहयोग गरेका छन त्यसैगरी विधालयका शिक्षक शिक्षिकाले पनि वढी मेहनत गरेर विधार्थीहरूलाई दक्ष वनाउने तर्फ ध्यानदिन जरूरी रहेको बताए ।

Leave a review

This will close in 0 seconds