कवहीगोठमा छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउँछु : रास्वपा उम्मेदवार सिंह

संदिप प्रसाद यादव
203 पाठक संख्या

कलैया : बारा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका चन्दनकुमार सिंहले छोटी भन्सार कार्यालय कवहीगोठ संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। बाराको सुवर्ण गाउँपालिका कवहीगोठमा सम्पर्क कार्यालयको रिबन काटी उद्घाटन गर्दै सिंहले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

छिमेकी राष्ट्र भारत जान गाह्रो हुने गरेको उनले जनाए। गाडीको भन्सार गराउन ५० देखि ६० किलोमीटर आवतजावत गर्नुपर्ने बाध्यता रहेको उनले जनाए। यसैले उक्त भन्सार संचालनमा ल्याउने आफुले प्रतिबद्धता गरेको उनले बताए । नेपाल सरकारले छोटी भन्सार कार्यालय तोकिसकेकोले कसरी संचालनमा ल्याउने सकिन्छ त्यो तर्फ पहल गर्ने उनले बताए।

देशमा भ्रष्टाचार बढेको कारण र देशमा परिवर्तन आवश्यक रहेकोले आफ्नो उम्मेदवारी दिएको उनको कथन रहेको छ। पहिलाको दलहरुले काम ग-यो अनि देशमा आर्थिक भार बढी भएको हटाउनलाई र परिवर्तनका लागि जनताले आफुलाई मत दिने उनले विश्वास व्यक्त गरेका छन्।

क्षेत्र नम्बर –२ मा शिक्षा,स्वास्थ्य,कृषि र सडकको मुख्य समस्या रहेको उनले जनाए। जनप्रतिनिधिहरुले गलत तरिकाले र बिना भिजनको विकास गरेको उम्मेदवार सिंहले बताए। सिचाइ योजना नरहेको र शिक्षकहरुको अभाव रहेको उनले भने । उम्मेदवार सिंहको शिक्षा,स्वास्थ्य,कृषि र सडक सम्बन्धीे मुख्य एजेन्डा रहेको छ।

Leave a review