साना किसान कृषि सहकारी संस्था लिमिटेडको दशौं बार्षिक साधारणसभा सम्पन्न

साझेदारी दैनिक
266 पाठक संख्या

कलैया : कोल्हवी नगरपालिका वडा नम्बर . १० को अमावमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सोमबार दशौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीले सभाको शनिबार अमाव मठ परिसरमा उद्घाटन गरेकी थिईन ।उक्त अवसरमा बोल्दै चौधरीले सहकारीले महिला शसक्तीकरण महत्वर्पूण योगदान दिएको बताईन ।

साना किसान सहकारीका कार्यक्रममा सहभागि हुन पाउँदा ठुलो संस्थामा दिदी बहिनीहरुसँग भेट हुँदा खुशीलाग्ने गरेको उनले बताईन । हिजो यही समाजका महिला घरबाट निस्कन पाउन्नथे ।

आज यहाँका महिला सहकारीका रुपमा बैंक लाउन सक्ने भए,यो उपलब्धीको बयान गर्न सकिँदैन जुन धेरै सकारात्मक कुरा हो चौधरीले भनिन् ।उनले दिदी बहिनी मिलेर गरेको पैसा ऋणका रुपमा लिएर तिर्न नपर्ने भन्नु गलत हुन्छ ।

केही अवसरवादी समूहले जथाभावी रुपमा बोलेका कुराको पछाडी लागेर आफ्नै सहकारीमा ताला लाउन खोज्नु अपराध हुने छ, नगर उपप्रमुख चौधरीले भनिन् ।

उक्त अवसरमा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी,कृषि ज्ञान केन्द्र बाराका अध्यक्ष राजनारायण साह,नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा,साना किसान कृषि सहकारी संंस्था लि.हरैयाका अध्यक्ष रामएकवाल प्रसाद चौधरी,सपहीका प्रबन्धक अरुण चौधरी लगायत स्थानिय शिक्षक, जनप्रतिनिधि एवं सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो।

सात सय ३२ सदस्यका विच करिब ६ करोडको कारोबार गरिरहेको संस्थाले गत आर्थिक बर्षमा कमाएको २१ लाख रकमबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सभाका अवसरमा सहकारीले एक दर्जन बढीलाई सम्मान गरेको छ ।

प्रमाणपत्र दोसल्ला सहित संस्थासँगको उत्कृष्ठ कारोबार कर्ता र सहयोगी निकायका ब्यक्तिहरु थिए ।कार्यक्रम संस्थाकी अध्यक्ष रजवती चौधरीको अध्यक्षता एवं संस्थाका प्रबन्धक चित्रसेन चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

Leave a review